रास्वपा छिपहरमाई गाउँपालिका कमिटीद्वारा वृक्षारोपण

वीरगंज – २८, भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कमिटी, पर्साले वृक्षारोपण कार्यक्रम गरेको छ ।

गाउँपालिका कमिटीको निर्णय अनुसार शुक्रबार छिपहरमाई – २  स्थित श्री नवगावा माध्यमिक विद्यालय चरगाहा र  वार्ड नं. १ का  श्री ने.रा आधारभूत विद्यालय देबि स्थान  मिर्जापुरमा वृक्षारोपण गरिएको रास्वपा पर्सा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले बताए । वृक्षारोपण कार्यक्रमको औपचारिक सुरुवात क्षेत्रीय सभापति मिश्रले गरेका थिए ।

कार्यक्रममा १५० मलेसियन साखु र २ सय विभिन्न प्रजातीका बिरुवासहित  ३५० वटा विरुवा रोपिएको गाउँपालिका सचिव मनबोध यादवले जानकारी दिए ।

यसका साथै, छिपहरमाई गाउँपालिकाको पाँचवटै वडामा विभिन्न प्रजतीको करिब २ हजार बिरुवा लगाउने योजना रहेको गाउँपालिका कमिटीका अध्यक्ष उमेश यादवले बताए  ।छिपहरमाईलाई हराभरा राख्न उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष यादवले बताए ।

प्रमुख अतिथि क्षेत्रीय सभापति जितेन्द्र मिश्र रहेका वृक्षारोपण कार्यक्रममा रास्वपा गाउँपालिका सदस्य धर्मेन्द्र प्रसाद यादव,बिक्की यादव, राजु प्रसाद  यादव , सिउजी साह, प्रधानाध्यापक अमिन मिया, शिक्षक गगनदेव यादव, बिओपी मिर्जापुरका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश पाण्डेसहित प्रहरी प्रशासन,समाजसेबी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया