छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम सम्पन्न

वीरगंज – ८ चैत । रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कार्य समितिले होलीको अवसरमा होली मिलन कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको छ।

बिहिवार छिपहरमाई गाउँपालिकाको वडा नम्बर १ स्थित मिर्जापुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कार्य समितिद्धारा पहिलो पटक छिपहरमाई गाउँपालिकामा होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

मधेशको उत्साह,उमंग र सद्भावको महान पर्व फागुन पुर्णिमा एवं होलीको अवसरमा आयोजित होली मिलन कार्यक्रममा एक -आपसमा रङ र अबिर दलेर शुभकामना आदान प्रदान गरेका हुन् । होलिमा मदिरा सेवन नगरि भब्य र सब्य तरिकाले मनाउनको लागि सहभागीहरुले सबैमा आग्रह गरेका थिए ।

पर्सा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष जितेन्द्र मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति दलित समुदायको जेष्ठ नागरिक बनारसी महरा, विशिष्ट अतिथि होटल ब्यवसायी संघको अध्यक्ष तथा केन्द्रीय पर्यटन बिभाग सचिव र वीरगंज महानगरपालिकाको नगर सभापतिको प्रत्याशी उम्मेदवार  श्री हरि पन्त, पर्सा सूचना प्रमुख तथ क्षेत्र नं. २ को क्षेत्रीय सचिव श्री सुदिश प्रजापति, बिज्ञान, संचार तथा सूचना प्रदेश प्रमुख प्रभात कुमार चौरसिया, पुर्व सई उमेश यादव, पुर्व हवल्दार मनबोध यादव, बिकी कुमार यादव, धर्मेन्द्र प्रसाद यादव, राजु यादव, राजकिरण यादव लगायत पार्टीका विभिन्न कमिटीका नेता तथा  कार्यकर्ता, स्थानीय युवा वर्गहरु सहित सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रास्वपा मधेश प्रदेश सदस्य कृष्ण पास्वान गरेको थियो ।

प्रतिक्रिया